काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ रुपैयाँ कायम भएकोमा सोमबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS