![](https://internal.appharu.com/wp-content/uploads/2017/07/nepal-sbi-bank.jpg)
काठमाडौं । नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकको आ.व. २०७७÷७८ को लाभांश पारित गरेको छ ।
सभाले बैंकका सेयरधनीलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशत लाभांश (३.५० % बोनस सेयर र १.८१ % नगद लाभांश) दिने प्रस्ताव पारित गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
SHARE YOUR THOUGHTS