![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Airport-1.jpg)
काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा कोरोना खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले माघ ७ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयमा भनिएको छ, ‘सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउने र माघ ७ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने ।’
बैठकले २५ जनाभन्दा बढी मानिसहरु भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना गर्न नपाउने निर्णय गरेको छ ।
सार्वजनिक स्थानहरु कार्यालय, होट, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कआदि प्रवेशमा कोरोना खोप कार्ड अनिवार्य रुपमा बोक्नुपर्नेछ ।
साथै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने समेत निर्णय गरेको छ ।
यी हुन् बैठकले गरेका निर्णयहरु
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/271487570_10219393186850361_9164867567405175143_n-652x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/271641987_10219393187650381_6706712641610722081_n-651x768.jpg)
SHARE YOUR THOUGHTS