
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण दर बढेसँगै बैंक तथा वित्तीय संस्थालाई भौतिक रुपमा हुने कामलाई कम गर्ने निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न भनेको छ ।
साथै राष्ट्र बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्न, एटीएम बुथहरुबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
साथै, बैंक तथा वित्तीइ संस्थाबाट सञ्चालन गरिने बैठकm गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रममा भौतिक दूरी कायम गर्ने तथा त्यस्ता कार्यक्रम सकेसम्म भर्चुअल माध्यमबाट गर्न समेत निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्