![](https://internal.appharu.com/wp-content/uploads/2022/01/16th-AGM-768x366.jpg)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश पारित गरेको छ ।
साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
यसपछी बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुने छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाा कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
SHARE YOUR THOUGHTS