![](https://internal.appharu.com/wp-content/uploads/2021/11/Petrol-Price-768x401.jpg)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाइएको छ । जसअनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ कायम गरिएको छ ।
यता आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो १०० डलरले बढाएर ९९५ डलर कायम गरिएको छ ।
SHARE YOUR THOUGHTS