प्रधानमन्त्रीको सम्बोधनः उद्योगको प्रबर्द्धनका लागि विशिष्टिकृत कोष स्थापना गरिने (पूर्णपाठ) « Eglish Khabarhub

प्रधानमन्त्रीको सम्बोधनः उद्योगको प्रबर्द्धनका लागि विशिष्टिकृत कोष स्थापना गरिने (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग क्षेत्रको प्रबर्द्धनका लागि छुट्टै विशिष्टिकृत कोष स्थापना गर्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले औद्योगिक र लगानी प्रबर्द्धनलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताए ।

उनले उपयुक्त तथा विवेकशिल वित्त तथा मौद्रिक उपकरणहरुको अवलम्बन गर्दै वित्तीय क्षेत्रमा स्थायित्व कायम गरिएको दाबी गर्दै प्रधानमन्त्रीले तीव आर्थिक बिस्तारका लागि आवश्यक उच्च लगानीयोग्य पुँजीको अभाव हुन नदिइएको समेत दाबी गरे ।

उनले उच्च कर्जाको माग र बिस्तार हुँदा पनि उपयुक्त उपायको अवलम्बन गरी साधारण ब्याजदरलाई बाञ्छित सीमाभित्र नै राखिएको भन्दै पुनर्कर्जातर्फ १ खर्ब ६ अर्ब ७ करोड र सहुलियततर्फ ब्याजदरमा कर्जा प्रवाह गरिएको बताए ।

पूर्णपाठ

Publish on: