एक दर्जनभन्दा बढी वाणिज्य बैंक कर्जा दिन नसक्ने अवस्थामा « Eglish Khabarhub

एक दर्जनभन्दा बढी वाणिज्य बैंक कर्जा दिन नसक्ने अवस्थामा



काठमाडौं । एक दर्जन बढी बैंक अहिले कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । निक्षेपको तुलनामा कर्जाको माग धेरै भएपछि बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकमा तरलता अभाव हुुँदा बैंकहरु प्राथमिकता प्राप्त कर्जा समेत दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको सीडी रेसियोको सीमाभन्दा बढी भएका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा १३ वटा बैंक कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

हाल सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ९५.६९ प्रतिशत रहेको छ भने कुमारी बैंकको ९५.५५ प्रतिशत पुुगेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्यो । त्यसको प्रत्यक्ष प्रभाव बैंकिङ बैंकिङ प्रणालीमा देखिएको छ ।

बैंकहरुले सीसीडी हुँदा त्यसमा गणना गर्ने गरेको करिब ४ खर्ब रुपैयाँ सीडीमा गणना गर्न मिल्दैन । जसको असर प्रणालीमा देखिएको छ ।

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत राखेको छ । पुस मसान्तसम्म बैंकहरुको औषत सीडी रेसियो ९०.२४ प्रतिशत पुगेको छ ।

सीडी रेसियो ९० प्रतिशत कायम गर्नु भनेको बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् भन्ने हो ।

तथ्याङक अनुसार कृषि विकास बैंकको ९४.५२ प्रतिशत, बैंक अफ काठमाण्डूको ९१.७६, सेञ्चुरी बैंक ९०.७८, सिभिल बैंक ९०.७२, ग्लोबल आइएमई बैंक ९०.७३, हिमालयन बैंक ९१.५४, माछापुुच्छे« बैंक ९०.१८, मेगा बैंक ९३.१४, एनसीसी बैंक ९२.९१, नेपाल एसबीआई बैंक ९५.०६, प्राइम बैंक ९४.८३ प्रतिशत रहेको छ ।

बाँकी १४ वटा बैंकको सीडी रेसियो भने ९० प्रतिशत भन्दा कम रहेका छन् । साथै, सिटिजन्स बैंकको ८९.७० प्रतिशत, एभरेष्ट बैंक ८९.९९, लक्ष्मी बैंक ८८.८७ प्रतिशत, नबिल बैंक ८९.३५ प्रतिशत, नेपाल बंगलादेश बैंकको ८८.१९ प्रतिशत, नेपाल बैंक ८९.६२ प्रतिशत, एनआईसी एसिया बैंक ८८.८९ प्रतिशत, एनएमबी बैंक ८८.८८ प्रतिशत, प्रभु बैंक ८१.९० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८३.४९ प्रतिशत, सानिमा बैंक ८६.९२ प्रतिशत, सिद्धार्थ बैंक ८८.८१ प्रतिशत, स्टयाडर्ड चार्टर्ड बैंक ८७.९२ प्रतिशत र सनराइज बैंकको ८९.५७ प्रतिशत रहेको छ ।

Publish on: