काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।
प्रतिक्रिया