![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । आज (बुधबार) सेयर बजार बन्द हुने भएको छ । सरकारले सोनाम ल्होसारको अवसरमा दिएको सार्वजनिक विदासँगै सेयर बजार बन्द भएको हो ।
सरकारले माघ १९ गते सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा विदा दिने निर्णय गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
जसले गर्दा बुधबारको कारोबार बन्द भएको हो । मंगलबार सेयर बजार मापन गर्ने सूचक १९.२९ अंकले बढेर परिसूचक २८९१.३३ बिन्दुमा रोकिएको छ ।
२२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । अब बिहीबार मात्रै सेयर कारोबार हुने भएको छ । यो साताको लागि सेयर कारोबार अब बिहीबार एक दिन मात्रै हुनेछ ।
SHARE YOUR THOUGHTS