![](https://internal.appharu.com/wp-content/uploads/2021/02/Social-Security-Fund-Vacancy-Announcement-1.jpg)
काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४१३ रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १८० रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १ करोड ८६ लाख ३० हजार १४१ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
हालसम्म १२ अर्ब ७६ करोड रुपैयाँ योगादन रकम सङ्कलन भएको छ । कोषले ४ प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।
सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् ।
बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।
कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेश प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट एक हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएका छन् ।
SHARE YOUR THOUGHTS