![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nrb-768x285.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार विकास ऋणपत्र २०८० बिक्री गर्न लागेको हो । बैंकहरुमा तरलता अभाव भएको बेला सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएपछि राष्ट्र बैंकले ऋण उठाउन लागेको हो ।
यसअघि २० अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।
ऋणपत्रमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी,संगठित संस्था तथा सर्वसाधारण सहभागी हुन सक्छन् ।
SHARE YOUR THOUGHTS