![](https://internal.appharu.com/wp-content/uploads/2022/02/dishhoe-balaju.jpg)
काठमाडौं । नेपालभर इन्टरनेट सेवा बिस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा सह–वितरण शोरुमको शुभारम्भ गरेको छ ।
माघ २३ गतेदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको उक्त शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ ।
डिशहोमतर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा र एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकार र रविन थापाको उपस्थितीमा उद्घाटन सम्पन्न भएको छ ।
लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गर्दे डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ ।
एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको उक्त ट्रेडर्सले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि नयाँ शोरुमले सहयोग गर्ने कम्पनीका सञ्चालक मानव श्रेष्ठले विश्वास व्यक्त गरे ।
SHARE YOUR THOUGHTS