
काठमाडौं । प्रयांकस्टार आकाश सेडाइ पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करीका नाममा सर्वसधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्तो दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्तो क्रियाकलाप गरी सोको गोप्य भिडियो तयार पारी ‘नेपाली प्रयांकस्टार’ नामक युट्युव च्यानलमा राख्ने आकाश सेडाई पक्राउ परेका हुन् ।
झापा बिर्तामोड वडा नम्बर ४ आदर्शटोल स्थायी घर भइ हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षे उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कुसरमा पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंको आदेशले ७ दिन म्याद गप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

SHARE YOUR THOUGHTS