१ पुस २०८२, मंगलबार

महालक्ष्मी विकास बैंकको ‘बचत वृद्धि खाता सार्वजनिक,’ ब्याजदर ८.५५%


महालक्ष्मी विकास बैंकले ‘बचत वृद्घी खाता’ योजना सार्वजनिक गरेको छ ।

जसमा ग्राहकले ५१ रुपैयाँमै खाता खोल्न पाउनेछन् भने दैनिक मौज्दातमा ८.५५ प्रशित ब्याज पाइने बैंकको भनाइ छ । साथै, व्याज गणना गरी मासिकरूपमा भुक्तानी गरिने पनि बैंकको भनाइ छ ।

यस योजना अन्तगर्त खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा समेत गरिएको छ । योजना अन्तर्गत खाता खोल्ने ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्नेछन् ।

बैंकका हाल मुलुकभर १०३ शाखा सञ्चालनमा छन् ।