![](https://internal.appharu.com/wp-content/uploads/2017/01/bicc.jpg)
काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
एमसीसीका विषयमा छलफल गर्न आज बोलाइएको बैठक सभामुख अग्नीप्रसाद सापकोटाले सूचना टासेर स्थगित गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा आजको बैठक स्थगित गरेका हुन् ।
सत्तारुढ गठबन्धका दुई दल नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेपछि सदनबाट एमसिसी पारित हुने वा नहुने यकिन थिएन ।
अब प्रतिनिधिसभाको अर्काे बैठक भोलि शुक्रबार १ बजेलाई बोलाइएको छ ।
SHARE YOUR THOUGHTS