चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन « Eglish Khabarhub

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन


१७ फाल्गुन २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका छन् ।

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उनले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए ।

‘कोरोना महामारीले अकल्पनीय दुःखद् घटनाको सिर्जना गरायो, कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले आफ्नै आँखा अगाडि धेरै चिनेजानेकाहरूको ज्यान गयो, त्यसपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय गरिएको हो,’ उनले भने ।

उनका अनुसार १ करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी शुरु गरिएको छ ।

नगरपालिकाले सबै स्वास्थ्यचौकी र नगर अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरेर १०५ प्रतिशतभन्दा बढीलाई खोप दिलाउन सफल भएको बताउँदै स्थापना दिवसमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने बताए ।

चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै उनले स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाईँले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालन गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

उनले नगरवासीको भरोसालाई कायम राख्ने बताए ।
अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति अत्यावश्यक रहेको भन्दै यसमा नगरपालिकाले चासो दिनुपर्ने औल्याए ।

उक्त अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं चाँगुनारायण नपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले अस्पतालाई अझ व्यवस्थित गर्दै सबै सेवाको पहुँच पुग्ने गरी विकास गर्नुपर्ने आवश्यकता अझै रहेको बताए ।

फाउण्डेशनका अध्यक्ष मणिराज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थाको समन्वयमा प्लाण्ट स्थापना गर्न सफल भएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार ००:००  १० : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping