
काठमाडौं । सरकारले पोखराको फेवातालको जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।
सरकारले कास्की जिल्लाको पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा पर्ने चारकिल्ला र क्षेत्रफल भएको फेवातालको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।
पोखरा महानगरपालिकाको वडा नम्बर १७ को पार्दीमा अवस्थित फेवातालको ड्यामसाइडलाई जलाधार क्षेत्रकोनिकास विन्दु मानी पूर्वमा ड्यामसाइट वा राष्ट्र बैंक चोक, सिर्जना चोक, विन्ध्याबासिनी चोक, लामा गाउँ हुँदै सराङकोट डाँडाको फेवातालतर्फ बग्ने पानी ढल छ ।
त्यसैगरी , उत्तरमा सारङ्कोट डाँडा हुँदै मान्द्रे ढुङ्गा, बान्थले डाँडा, फल्लापानी, नाग डाँडा, अंधेरी खोलाको शिर, देउराली हुँदै पञ्चासे डाँडाको फेवातालतर्फको पानी ढलो रहेको जनाएको छ ।
पश्चिमतर्फ पन्चासे डाँडाबाट डाँडाकटेरी, सिामानाडाँडा, पैंयू चौतारी, काउलेपानी, लुकुन्स्वाँरा, विश्व शान्ति स्तुपा क्षेत्रको फेवातालतर्फको पानीढलो र दक्षिणतर्फको विश्व शान्ति स्तुपाबाट रानीवन हुँदै पार्दी ड्यासाइडको फेवातालतर्फको पानीढलो क्षेत्रलाई संरक्षित क्षेत्र घोष्णा गरेको राजपत्रमा उल्लेख छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फेवातालको ५.७२६ वर्गकिलोमिटर क्षेत्रफलसहित जम्मा १२३ किलोमिटर रहेको जनाएको छ ।
SHARE YOUR THOUGHTS