होम लोनको ब्याजदर बढ्यो, कुन बैंकको कति ? « Eglish Khabarhub

होम लोनको ब्याजदर बढ्यो, कुन बैंकको कति ?


१८ फाल्गुन २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि ब्याजदर निकै बढेको छ ।

बैंकमा ब्याजदर बढेपनि कर्जाको माग भने घट्न सकेको छैन । निक्षेप अभावका कारण बैंकहरुलाई कर्जा दिन भने निकै हम्मेहम्मे परेको अवस्था छ ।

बैंकहरुले कर्जा दिँदा समयमा नै कर्जा उठ्ने, कर्जा नफस्ने, राम्रो धितो भएको ठाँउमा बैंकहरुले कर्जा दिने गरेका छन् । त्यही अनुसार बैंकहरुले कर्जा प्रदान गर्ने गरेका छन् ।

सबै प्रकृतिका व्यवसायमा कर्जाको माग अत्यधिक हुँदा घर कर्जाको माग पनि स्वाभाविक रुपमा बढ्ने नै भयो । तर बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा अन्य प्रकृतिका कर्जासँगै घर कर्जाको ब्याजदर पनि बढेको छ ।

घर कर्जाका लागि बैंकहरुले निश्चित अवधि तोकेर लिने कर्जा र अन्य अवधिको कर्जाको लागि फरक–फरक ब्याजदर तोक्दै आएका छन् । यस्तो अवस्थामा घर बनाउन चाहनेका लागि बैंकहरुले कति प्रतिशत ब्याजदरमा कर्जा दिन्छन् त ?

१) कृषि विकास बैंक
सरकारी स्वामित्वको कृषि विकास बैंकको आधार दर ७.७८ प्रतिशत छ । बैंकले ५ र १० वर्षे अवधिको घर निर्माण प्रयोजनका लागि घर कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १० वर्षे अवधिको कर्जाका लागि आधार दरमा २ प्रतिशत थप प्रिमियम लिन्छ । साथै, १५ वर्षे अवधिको घर कर्जामा भने आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ ।

साथै, कृषि विकास बैंकलवे घर खरिद प्रयोजनार्थ ५ र १० वर्षे अवधिको कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १५ वर्षे अवधिको घर कर्जामा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ ।

त्यसैगरी बैंकले जग्गा किन्नका लागि आधारदरमा ३ प्रतिशत प्रिमियर थपिने छ । यस्तै कृषि विकास बैंकबाट बिजनेश कम्प्लेक्स र हाउजिङको लागि ऋण लिँदा आधारदरमा ३ प्रतिशत प्रिमियम थप्नु्पर्ने छ ।

२) सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकको माघ मसान्तसम्मको आधारदर ८.८६ प्रतिशत छ । बैंकले १० वर्षे अवधिको घर कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत, १५ वर्षे अवधिको कर्जामा अधिकतम ४.५० प्रतिशत र २० वर्षे अवधिको कर्जामा अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ ।

त्यसैगरी स्थिर ब्याजदर अन्तर्गत १० वर्षे अवधिका लागि ११.९९ प्रतिशत, १५ वर्षे अवधिका लागि १२.४९ प्रतिशत र २० वर्षे अवधिको कर्जामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

३) सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनलको माघ मसान्तसम्मको आधारदर ९.२९ प्रतिशत छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम ०.२५ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकिएको छ ।

बैंकले स्थिर ब्याजदर अन्तर्गत ५ वर्र्षे अवधिको १०.५० प्रतिशत, ६ देखि १० वर्र्षे अवधिको ११ प्रतिशत, ११ देखि १५ वर्षे अवधिको ११.५० प्रतिशत र १६ वर्षे वा सो भन्दा बढी अवधिको १२ प्रतिशत ब्याजदर तोकेको छ ।

४) सिभिल बैंक
सिभिल बैंकको पुस मसान्तसम्म आधारदर ९.७४ प्रतिशत छ । बैंकबाट ५ वर्षे अवधिको होम लोनका लागि आधारदरमा ४.५० प्रतिशत प्रिमियम तोकेको छ । ५ वर्षभन्दा बढी अवधिको कर्जामा अधिकतम ५.५० प्रतिशत र ७ वर्षसम्मको कर्जा लिने हो भने आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ ।

५) ग्लोबल आइएमई बैंक
माघ मसान्तमा बैंकको आधारदर ७.९९ प्रतिशत रहेको छ । बैंकबाट घर तथा जग्गा कर्जा लिँदा आधारदरमा न्यूनतम २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याज अन्तर्गत ११.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । यसको अवधि तोकेको छैन ।

६) कुमारी बैंक
कुमारी बैंकको पुस मसान्तको औसत आधारदर ८.६९ प्रतिशत रहेको छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट स्थिर ब्याज अन्तर्गत २ देखि ५ वर्षे अवधिको लागि ११, ५ देखि १० वर्षे अवधिको लागि ११.५० प्रतिशत, १० वर्ष वा सोभन्दा माथि अवधिका लागि ११.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

७) माछापुच्छ्रे बैंक
माघ मसान्तसम्म माछापुच्छ्रे बैंकको आधारदर ७.५० प्रतिशत छ । बैंकबाट स्थिर कर्जा ५ वर्षे अवधिको लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको लागि १३.५० प्रतिशत र १० वर्षे अवधिको लागि १४.५० प्रतिशत ब्याज तोकेको छ ।

८) नबिल बैंक
नबिल बैंकको पुस मसान्तको आधारदर ७.३९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधार दरमा न्यूनतम ३ देखि अधिकतम ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले स्थिर कर्जा ५ वर्र्षे अवधिको लागि हाउजिङ लोन लिँदा १२ प्रतिशत, ५ देखि १० वर्षे अवधिको १२.५० र १० देखि १५ वर्षे अवधिको लागि १२.९९ प्रतिशत ब्याज तोकेको छ ।

९) नेपाल बंगलादेश
माघमा नेपाल बंगलादेश बैंकले आधारदर ८.७३ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ लोन लिँदा आधारदरमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याजदरतर्फ ५ वर्षभन्दा कम अवधिका लागि १०.९९ प्रतिशत, ५ देखि १० वर्षे अवधिका लागि १०.९९ प्रतिशत, १० देखि २० वर्षे अवधिका लागि ११.४९ प्रतिशत ब्याज तोकेको छ ।

१०) एनसीसी बैंक
एनसीसी बैंकको माघ मसान्तसम्म आधारदर ९.०७ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा आधारदरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकबाट ५ वर्षे, ५ देखि १० वर्षे, १० वर्ष भन्दा बढी अवधिको लागि कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम तोकेको छ ।

साथै, स्थिर ब्याजदरतर्फ ५ वर्षभन्दा कम अवधिका लागि १२.२९ प्रतिशत, १० वर्षसम्मको लागि १२.५२, प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि १२.९४ प्रतिशत ब्याजदर तोकेको छ ।

११) नेपाल बैंक
नेपाल बैंकको पुस मसान्तसम्म आधारदर ६.९२ प्रतिशत रहेको छ । बैंकबाट रियल स्टेट हाउजिङ लोन लिँदा आधारदरमा न्यूनतम ३.१९ देखि अधिकतम ४.१९ प्रतिशतसम्म प्रिमियम तोकेको छ । रियल स्टेट कमर्सियलको लागि आधारदरमा न्यूनतम २.१९ देखि अधिकतम ३.१९ प्रिमियम तोकिएको छ । होम लोनतर्फ ५ वर्षे अवधिका लागि आधारदरमा १.५५ देखि २.१६ प्रतिशत, १० वर्षे अवधिका लागि आधारदरमा थप २.१९ देखि २.८० प्रतिशत, १५ वर्षे वा सोभन्दा बढी अवधिका लागि आधारदरमा थप ३.०५ देखि ३.६६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । व्यक्तिगत होम लोनतर्फ आधारदरमा न्यूनतम १.५५ देखि अधिकतम ३.१६ प्रतिशत प्रिमियम तोकेको

१२) नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर माघ मसान्तसम्म ७.६५ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ कर्जा लिँदा आधादरमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ ।

१३) एनएमबि बैंक
एनएमबि बैंकबाट हाउजिङ लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर तोकेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ८.६० प्रतिशत रहेको छ ।

१४) प्रभु बैंक
प्रभु बैंकको माघ मसान्त सम्मको आधारदर ८.६९ प्रतिशत रहेको छ ।

बैंकले ५ वर्षे अवधिको होम लोन लिँदा आधादरमा ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले ५ देखि १० वर्षे, १० देखि १५ वर्षे र १५ देखि २५ वर्षे अवधिका लागि आधार दरमा अधिकतम ७ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर ब्याजदर ५ वर्षे अवधिका लागि ११.९९ र ५ देखि १० वर्षे अवधिका लागि १२.९९ प्रतिशत ब्याजदर रहेको छ ।

१५) प्राइम बैंक
प्राइम बैंकको पुस मसान्तको आधारदर ८.९८ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर ब्याजदरतर्फ ५ देखि २० वर्षे अवधिको कर्जामा १३ देखि १४ प्रतिशत ब्याजदर लाग्ने छ ।

१६) सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको पुस मसान्तको आधारदर ८.५३ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ ।

५ वर्षे अवधिको १ करोड ५० लाखसम्मको ५ वर्षे अवधिको कर्जामा ९.४९ प्रतिशत, ५ देखि १० वर्षे अवधिका लागि १०.४९ प्रतिशत र १० वर्ष वा सोभन्दाबढी अवधिको कर्जामा ११.२५ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै १ करोड ५० लाखभन्दा बढीको ५ वर्षे अवधिको कर्जामा ९.७५ प्रतिशत, ५ देखि १० वर्षे अवधिकोे कर्जामा १०.७५ प्रतिशत र १० वर्षेभन्दा बढी अवधिको कर्जामा ११.५ प्रतिशत ब्याजदर तोकिएको छ ।

१७) स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकले आधारदरमा न्यूनतम २.५० देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर कर्जामा ५ वर्षे अवधिको कर्जातर्फ लागि १०.२५, ५ देखि ७ वर्षे अवधिका लागि १०.७५, ७ देखि १० वर्षे अवधिको लागि ११.५ र १० देखि माथीको लागि १२.७५ प्रतिशत तोकेको छ ।

१८) एभरेष्ट बैंक
एभरेष्ट बैंक बैंकको पुस मसान्तको आधारदर ७.६२ प्रतिशत रहेको छ । बैंकबाट १ करोडसम्मको हाउजिङ लोन लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम तोकेको छ ।

बैंकले १ करोड ७ वर्षे अवधिका कर्जाका लागि १२.३३ प्रतिशत, १० वर्र्षे अवधिको लागि लिँदा १३.३३ प्रतिशत र १० वर्षदेखिमाथि लागि लिँदा १४.३३ प्रतिशत ब्याजदर तोकेको छ । साथै, १ करोडभन्दा बढी कर्जा लिँदा ७ वर्षे अवधिका हकमा १२.८३ प्रतिशत, १० वर्र्षे अवधिको हकमा १३.८३ प्रतिशत र १० वर्षदेखिभन्दा बढी अवधिको कर्जाका लागि १४.८३ प्रतिशत ब्याजदर तोकिएको छ ।

१९) नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको पुस मसान्तको आधारदर ८.५७ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले स्थिर कर्जा ३ वर्षे अवधिको कर्जामा १३.५०, ३ देखि ५ वर्षे अवधिको कर्जामा १४.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जामा १५ प्रतिशत र १० वर्षे वा सोभन्दा बढी अवधिको १५.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

२०) एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकको पुस मसान्तको आधारदर ९.४४ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । साथै, १५ वर्षे अवधिको स्थिर कर्जामा १३.८९ प्रतिशत ब्याजदर तोकिएको छ ।

२१) हिमालयन बैंक
हिमालयन बैंककोबाट होम लोन लिँदा आधारदरमा अधिकतम ८.७५ प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट १० वर्षे अवधिको स्थिर कर्जा लिँदा १४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

२२) राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकबाट ५ वर्षे अवधिको स्थिर होम लोन लिँदा आधारदरमा न्यूनतम ८.८९ देखि अधिकतम ९.१४ प्रतिशत तोकेको छ । यस्तै २० वर्षे अवधिको कर्जाको हकमा आधारदरमा ८.८९ प्रतिशत प्रिमियम तोकेको छ ।

२३) बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूबाट कर्जा लिँदा न्यूनतम ८.२० प्रतिशतदेखि अधितमक १५.२० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साथै स्थिर ब्याजतर्फ १० वर्षे अवधिको कर्जाको हकमा १२.४८ प्रतिशत र १५ वर्षे अवधिका लागि १३.४८ प्रतिशत तोकिएको छ ।

२४) सनराइज बैंक
सनराइज बैंकबाट घर कर्जा लिँदा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । स्थिर कर्जातर्फ ५ वर्षे अवधिका लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको १३ प्रतिशत, १० देखि १५ वर्षे अवधिका लागि १३.५० प्रतिशत ब्याजदर तोकेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ९.०३ प्रतिशत रहेको छ ।

२५) मेगा बैक
मेगा बैंकले हाउजिङ लोन आधारदरमा ८.४६ प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट हाउजिङ लोन लिँदा १५.४६ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

२६) सानिमा बैंक
सानिमा बैंकबाट होम लोन लिँदा आधारदरमा ८.०८ प्रिमियम तोकेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.०८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

२७) लक्ष्मी बैंक
लक्ष्मी बैंकको माघ मसान्तसम्मको आधारदर ८.८० प्रतिशत छ ।

होम लोनमा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याजदरतर्फ १ वर्षे अवधिका लागि १०.९९ देखि ११.९९ प्रतिशत, २ देखि ३ वर्षे अवधिको कर्जाको हकमा ११.९९ देखि १२.९९ प्रतिशत, ३ देखि ५ वर्षे अवधिको कर्जाको हकमा १२.९९ देखि १३.४९ प्रतिशत र १० देखि १५ वर्षे अवधिका कर्जाका लागि १३.९९ देखि १४.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ००:००  ७ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping