आगामी वर्षका लागि बेरोजगार व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आह्वान « Eglish Khabarhub

आगामी वर्षका लागि बेरोजगार व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आह्वान



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि बेरोजगारहरुलाई आह्वान गरेको छ ।

प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूमि गराउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको हो ।

जसमा १८ वर्ष पुगी ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिले आवेदन दिन सक्नेछन् । निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ ।

स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी वापत प्राप्त गर्ने सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय अर्थात् उक्त आर्थिक वर्षमा ५७ हजार ७०० रुपैयाँभन्दा कम आय भएको हुनुपर्नेछ ।

रिपूर्वक प्राप्त आवेदनलाई सम्बन्धित वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सै मापदण्ड पूरा गरेको प्रमाणित गर्नुपर्नेछ । साथै, प्राप्त प्रमाणित निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका/नगर कार्यपालिकाबाट स्वीकृतिका लागि सिफारिस गर्नुपर्नेछ ।

कार्यपालिकाले आवश्यक भए परिमार्जन समेत गरी बेरोजगार व्यक्तिको सूची स्वीकृति गर्नुपर्नेछ । त्यसैगरी स्थानीय तहले बेरोजगार व्यक्तिको व्यक्तिगत विवरणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेपछि मात्रै बेरोजगार व्यक्तिको अन्तिम सूची कायम हुनेछ ।

Publish on: