समता घरेलु लघुवित्तले एफपीओ ल्याउने « Eglish Khabarhub

समता घरेलु लघुवित्तले एफपीओ ल्याउने



काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्काशन गर्न बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बंैकिङ्गलाई नियुक्त गरेको छ ।

साविक समता लघुवित्त वित्तिय संस्था र साविक घरेलु लघुवित्त वित्तिय संस्थाबीच सेयर आदान प्रदान दर (स्वाप रेसियो) १००ः८० कायम हुने गरी गाभिएको थियो ।

संस्थाको कुल चुक्ता पुँजि २८ करोड ५६ लाख २० हजार १६० को २० प्रतिशत बाोनस पश्चात् कम्पनीको चुक्ता पुँजि ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ भएकोले सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम गरेको छ ।

बाँकी सेयर फर्दर पब्लिक ईस्युद्वारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त गरेको हो ।

सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. श्री मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे । आरविवि मर्चेन्ट बंैकिङ्ग राष्ट्रिय बाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

Publish on: