![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र–२०८३ ‘क’ निष्काशन गर्ने भएको छ ।
राष्ट्र बैंकले ५ वर्षे अवधिको लागि १० प्रतिशत बार्षिक ब्याज दिने गरी बचतपत्र निष्काशन गर्ने भएको छ ।
६–६ महिनामा ब्याज भुक्तानी हुने बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ ।
यो बचतपत्र धितो राखी बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ । चैत १ गतेदेखि २० गतेसम्म बिक्री हुने बचतपत्र चैत ३० गते निष्काशन हुने छ । यसको साँवा २०८३ चैत ३० मा भुक्तानी हुने छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-14-398x768.png)
SHARE YOUR THOUGHTS