काठमाडौं । व्यवसायिक उत्पादन शुरु गरेको छोटो समयमै सौर्य सिमेन्टले मासिक १० लाख बोराका दरले सिमेन्ट बिक्री गर्न सफल भएको दाबी गरेको छ ।
१० महिनाको छोटो समयमै मासिक १० लाख बोराका दरले सिमेन्ट बिक्री गर्न सफल भएको कम्पनीको दाबी छ ।
कम्पनीले गत जेठ महिनादेखि व्यवसायिक उत्पादन शुरु गरेको थियो । हाल कम्पनीले ओपीसी-५३, ओपीसी ४३ ग्रेड, पीएसपी सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्ट समेत उत्पादन गर्ने योजना बनाएको छ ।
SHARE YOUR THOUGHTS