महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा बैतडीको विद्यालयलाई खेलकुद सामग्री प्रदान « Eglish Khabarhub

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा बैतडीको विद्यालयलाई खेलकुद सामग्री प्रदान



काठमाडौं । महालक्ष्मी बिकास बैंकको बैतडी पाटन शाखाले त्यहाँस्थिर भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्ने क्रममा मंगलबार विद्यालयलाई उक्त सामग्री प्रदान गरेको हो ।

यस क्षेत्रबाट भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य स्तरका खेलाडी उत्पादन गरिसकेकाले उनीहरुलाई हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए ।

महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक बिरेन्द्र बहादुर चन्दले धन्यवाद दिए ।

Publish on: