युएईले ५ वटा क्षेत्रमा नेपाली श्रमिक भर्ना प्रकृया पूर्ण निःशुल्क गर्ने « Eglish Khabarhub

युएईले ५ वटा क्षेत्रमा नेपाली श्रमिक भर्ना प्रकृया पूर्ण निःशुल्क गर्ने



आबुधावी । युएईले ५ वटा क्षेत्रमा नेपाली श्रमिक भर्ना प्रक्रिया पूर्ण निःशुल्क गर्ने भएको छ । युएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णरुपमा निःशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन युएई सहमत हो ।

नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा भएको बैठकमा सो निर्णयमा सहमति भएको हो ।

त्यस्तै, सो बैठकमा भएको छलफलमा युएईले सीप विकास केन्द्रको स्थापनाका लागि सहयोग गर्ने भएको हो ।

नेपाल सरकारले दक्ष जनशक्ती उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई युएईले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा गरेको थियोे ।

साथै युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकहरुलाई सहयोग गर्ने गरी संचालन हुने पुनरएकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी विदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका बिषयमा पनि छलफल भएको थियो ।

साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो ।

युएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना बिस्तार गर्ने लगाएका बिषयमा पनि छलफल भएको छ ।

Publish on: