रुस-युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा समस्या आयोः अर्थमन्त्री शर्मा « Eglish Khabarhub

रुस-युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा समस्या आयोः अर्थमन्त्री शर्मा


१६ चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् ।

उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम-सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्री विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।

नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत् आर्थिक बहस कार्यक्रममाा बोल्दै उनले भने, ‘किसानले आफ्नै बारीमा बजेट पसेको महशुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं ।’

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी समेत उनले गरे ।

‘म बजेटमार्फत् किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्की उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिदैन भन्ने लाग्छ,’ उनले भने, ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा सम्भावना छ ।’

चालू आवको ८ महिनामा कुल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको उनको भनाइ छ । चालु आवको ८ महिनाससम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो वर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।

उनले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि मागेका थिए ।

‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस विषयमा सुझाव चाहिएको छ,’ उनले भने ।

उनले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले भने व्यक्तिगत रुपमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको बताए ।

‘युक्रेन-रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ,’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको विषय सबैले बुझ्नुपर्छ ।’

उनले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिए । साथै, ६/७ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चीति रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए । उनले देशभित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताए ।

‘केही वस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाई गर्न विभिन्न क्षेत्रबाट सुझाव आएपनि अर्थतन्त्रलाई सकेसम्म खुल्ला छाड्नुपर्छ, नियन्त्रणा गर्नु हुँदैन भन्ने सरकारको नीति छ,’ उनले भने ।

कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दोहोरो अंकको आर्थिक वृद्धिदरसमेत सम्भव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिए ।

उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताए । कार्यक्रममा अर्थशास्त्रीहरु प्रा. डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेश गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ००:००  १ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping