![](https://internal.appharu.com/wp-content/uploads/2020/12/pm-kp-oli.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।
भक्तपुरको सूर्यविनायकमा दुर्गा प्रसाईको लगानीमा निर्माण भएको हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै बुधबार ओलीले कृषिमा व्यवसायीकरण, मसिनिकरण र शुद्धिकरण गरेर किसानको जीवनस्तर उठाउनुपर्ने बताए ।
ओलीले अबका दिनमा उपभोक्ताको स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक रहेको बताए । अबका दिनमा तरकारीबाट भान्सामा बिसादी पुर्याउन नहुने भन्दै भान्सालाई औषधालयको रुपमा विकास गर्न सबैलाई आग्रह गरे ।
उक्त कृषि बजारमा ४४ सयले रोजगारी पाउने उनले दाबी गरे । ओलीले यस्ता खालका बजार विभिन्न ठाँउमा खोल्न आवश्यक रहेको बताए ।
ओलीले झापाका दुर्गा प्रसाइले २ वटा अस्पताल खोलेको, धार्मिक कार्यमा लगानी गरेको, कृषिमा पनि लगानी गरेर धेरैलाई रोजगारी सृजना गरेको भन्दै खुसी व्यक्त गरे ।
यसले नेपालीको आम्दानी पनि बढाउने उनको भनाइ छ ।
कार्यक्रममा ओलीले ८ वटा औद्योगिक क्षेत्र स्थापना गर्ने, निर्यातमुलक उद्योग स्थापना गर्ने विषयमा एमालेले ध्यान दिइरहेको जानकारी गराए ।
प्रतिक्रिया