उद्योगमा नियमित बिजुली दिन उर्जा मन्त्रालयलाई उद्योग मन्त्रालयको आग्रह « Eglish Khabarhub

उद्योगमा नियमित बिजुली दिन उर्जा मन्त्रालयलाई उद्योग मन्त्रालयको आग्रह



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई पत्र लेख्दै उद्योगमा नियमित बिजुली आपूर्ति हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलका अनुसार सञ्चारमाध्यममा ठुला उद्योगमा बिजुली आपूर्तिमा समस्या भएको र उद्योगीगरूले समेत नियमित बिजुली नपाएको गुनासो गरेपछि बिजुली आपूर्ति सहज बनाउन आग्रह गर्दै उर्जा मन्त्रालयलाई पत्र लेखेको जानकारी दिए ।

उद्योग मन्त्रालयले बुधबार उर्जा मन्त्रालयलाई पत्र लेख्दै उद्योग बन्द हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै उद्योगमा नियमित बिजुली आपूर्ति गराउन भनेको हो।

Publish on: