
काठमाडौं । भारतीय उद्योग परिसंघको आयोजनामा पूर्वाधार निर्माणका ठूला यन्त्र उपकरणको एक्स्पो आयोजना हुने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा एक्स्कोन एक्स्पोका संयोजक जयदीप शेखरले जेठ ३ गतेदेखि ७ गतेसम्म भारतको बेंगलुरूमा कार्यक्रम आयोजना हुने जानकारी दिए।
‘सम्मेलनमा भारतको निर्माण क्षेत्रमा भएका नयाँ नयाँ प्रयोगको जानकारी प्राप्त हुनेछ,’ जयदिपले भने, ‘निर्माण उपकरण यन्त्रका क्षेत्रमा यो दक्षिण एसियाको दोश्रो ठूलो सम्मेलन हो ।’
सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न विज्ञ र ठूला कम्पनी सहभागी रहनेछन् ।
पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालमा कयौं आधुनिक पुर्वाधार विकास गर्न आवश्यक रहेको बताउँदै एक्स्पोबाट नयाँ प्रविधिको जानकारी लिन निर्माण व्यवसायीलाई आग्रह गरिन ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतको बेंगलुरूमा आयोजना हुने ११ औं संस्करणको एक्स्पो सहभागी हुन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरे।
‘नेपालमा नयाँ नयाँ सहरी पूर्वाधार विकास गर्न आवश्यक छ,’ गोल्छाले भने, ‘एक्स्पोबाट नेपाली निर्माण कम्पनीले पुर्वाधार निर्माणका क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको जानकारी पाउने सक्नेछन् ।’
प्रतिक्रिया दिनुहोस्