लक्ष्मी बैंकको २ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा « Eglish Khabarhub

लक्ष्मी बैंकको २ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा



काठमाडौं । लक्ष्मी बैंकले थप २ वटा नयाँ एक्स्टेन्सन काउन्टर मधेश प्रदेशबाट संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेका छन् ।

बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जारी विज्ञप्तिमा उल्लेख छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

Publish on: