![](https://internal.appharu.com/wp-content/uploads/2022/04/fncci-press-meet-768x355.jpg)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा ब्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योग ब्यवसायीले माग गरेका छ्न् ।
नेपाल उद्योग बाणिज्य महासंघलले आगामी आव २०७९/८० को बजेट पुर्वको छ्लफल कार्यक्रममा महासंघका राजस्व अनुसन्धान समितीका अध्यक्ष सन्दिप अग्रवालले यस्तो माग गरेका हुन् ।
उनले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र पासपोर्ट बनाउदा लाग्ने खर्च घटाउनु पर्ने पनि बताए । उनले नेपालको खाद्य सुरक्षा र आयात घटाउन गहुँ, मकै फलफूल र तरकारी उत्पादनमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालमा कसले र कुन क्षेत्रमा कति कर उठाउने भन्ने अध्ययन नै नभएको बताए । कार्यक्रममा कर विज्ञ डा. रुप खड्काले मूल्य अभिबृद्धी कर सुधार सम्बन्धि आफ्नो प्रस्तुति दिएका थिए ।
SHARE YOUR THOUGHTS