यी ६ बीमा कम्पनी मर्जरमा जान इच्छुक « Eglish Khabarhub

यी ६ बीमा कम्पनी मर्जरमा जान इच्छुक


१६ बैशाख २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ६ बीमा कम्पनी मर्जरमा जान इच्छुक देखिएका छन् । बीमा समितिले १ वर्षको अवधिमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ गुणाले बढाउने निर्णय गरेसँगै ६ बीमा कम्पनी मर्जरमा जान इच्छुक देखिएका हुन् ।

सञ्चालनमा रहेका ३८ बीमा कम्पनीमध्ये ६ कम्पनीहरू मर्जर तथा एक्वीजिसनमा जान इच्छुक देखिएका हुन् ।

तीन जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा गरी ६ वटा बीमा कम्पनीहरू मर्जर तथा एक्वीजिसनमा जान इच्छुक देखिएका हुन् ।

जीवन बीमातर्फ आइएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्जरमा जान इञ्छुक देखिएका छन् ।

आइएमई लाइफको बैशाख १४ गते सम्पन्न साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

मर्जर तथा एक्वीजिसन सम्वन्धी प्रस्ताव पारित गर्न युनियन लाइफले बैशाख २३ गते साधारण सभा बोलाएको छ ।

महालक्ष्मी लाइफले मर्जर तथा एक्वीजिसनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न वैशाख २५ गने विशेष साधारणसभा बोलाएको छ ।

निर्जीवन बीमा कम्पनीतर्फ भने हिमालन जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरमा जान इच्छकु देखिएका छन् ।

यी कम्पनीले मर्जर तथा एक्वीजिसन सम्बन्धी एजेण्डा यस अघिको वार्षिक साधारण सभाबाट पारितसमेत गराइसकेका छन् ।

एभरेष्ट इन्स्योरेन्सले भने मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न बैशाख २१ गते २७औं वार्षिक साधारणसभा बोलाएको छ ।

अधिकृत पुँजी ३ अर्ब रुपैयाँ पुर्याउन निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव सो सभामा लैजाँदै छ ।

यसअघि युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले पनि अन्य कम्पनीहरूसंग मर्जर तथा एक्विजिनको आन्तरिक तयारीमा थालेका थिए ।

यूनाईटेड इन्स्योरेन्सले २०७४÷०७५ साधारणसभामा मर्जरको विशेष प्रस्ताव पेस गरेको थियो ।

मर्जरमा जान ईच्छुक देखिएका कम्पनीमध्ये ५ अर्ब रूपैयाँ पुँजी पुर्याउन आईएमई लाइफ र महालक्ष्मी लाइफले २५७ प्रतिशतले रकम थप गर्नुपर्छ ।

१ अर्ब ४० करोड रूपैयाँ चुक्ता पुँजी भएका यी कम्पनीले समितिले तोकेको ५ अर्ब रूपैयाँ पुँजी पुर्याउन ३ अर्ब ६० करोड रूपैयाँ रकम थप गर्नुपर्छ ।

यस्तै, यूनियन लाइफले भने ५ अर्ब रूपैयाँ पुँजी पुर्याउन २ अर्ब ८५ करोड रूपैयाँ रकम थप गर्नु पर्छ । २ अर्ब १५ करोड रूपैयाँ चुक्ता पुँजी भएका यूनियनले १३३ प्रतिशतले पुँजी वृद्धि गर्नुपर्छ ।

१ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी रहेको हिमालन जनरल इन्स्योरेन्सले साढे २ अर्ब रूपैयाँ पुँजी पुर्याउन १ अर्ब ३२ करोड ३५ लाख रूपैयाँ रकम थप गर्नुपर्छ ।

प्रिमियर इन्स्योरेन्सले १ अर्ब २७ करोड २४ लाख रूपैयाँ रकम थप गर्नुपर्छ । १ अर्ब २२ करोड ७६ लाख रूपैयाँ चुक्ता पुँजी भएको प्रिमियरले १०३.६५ प्रतिशतले पुँजी वृद्धि गर्नुपर्छ ।

समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब पुर्याउने निर्णय गर्दै सबै कम्पनीलाई पुँजी वृद्धिको योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो ।

सो बमोजिम सबै बीमा कम्पनीहरूले समितिमा आ आफ्नो पुँजी वृद्धिको योजना पेस गरिसकेका छन् ।

मर्जरमा जाने कम्पनीले यस्ता छुट तथा सुविधा पाउने छन् ।

बीमा समितिले बीमा कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुला गर्न बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७० जारी गरेको थियो । तर, कम्पनीहरू मर्जरमा आकर्षित नभएपछि समितिले सो निर्देशिकालाई दोस्रो पटक संशोधनसमेत गरेको छ ।

दोस्रो पटक निर्देशिका संशोधन गर्दै समितिले थप ९ छुट तथा सुविधा थप गरेको थियो ।

बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको सेयर संरचनामा कुनै व्यक्ति, समूह वा संस्थाको नाममा चुक्ता पुँजी पन्ध्र प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम हुन गएमा वा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) हुने भएमा त्यस्तो सेयर स्वामित्वलाई सीमाभित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान गर्ने सुविधा समितिले संशोधन गरेको छ ।

गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बीमकका अभिकर्ताहरुलाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय पदान गरिने व्यवस्था समेत थप भएको छ ।

गाभ्ने, गाभिने कार्य सम्पन्न भएपश्चात् कार्यालय स्थापना र यान्त्रिकिकरण गर्दा भएको खर्चलाई व्यवस्थापन खर्चमा एक वर्षसम्म समावेश नगरिने छुट दिन सक्ने छ ।

संचालकको तोकिएको कार्यकाल समाप्त भै निर्वाचन गर्नुपर्ने अवश्था भएतापनि गाभिएर वा प्राप्ति पश्चात प्रचलित कानूनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालकको पदमा बहाल रहने अवधि थप दिन सक्ने छ ।

यस्तै, गाभ्ने, गाभिनेमध्ये कुनै बीमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा संचालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवब्था भएमा सो हटाउन एक वर्षको समय प्रदान गर्न सक्ने छ ।

गाभ्ने, गाभिने कार्य पछिको एकीकृतरुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप ६ महिनाम समय प्रदान गर्न सकिने छ ।

गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवश्थामा बिक्रि गर्न पाउने बन्देज अवधि (लकिङ) पिरियड पाँच वर्ष नपुगेता पनि उपयुक्तता जाँच (फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृत दिन सक्ने छ ।

गाभिदा वा प्राप्ति कारणबाट बीमकको शाखा कार्यालय थपघट तथा मिलान गर्न पर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सक्ने छ ।

बीमक गाभिएकै कारण गाभ्ने बीमकको संचालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृत लिएर थप संचालकको व्यवस्था गर्न सक्ने छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ००:००  ५ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping