भारतमा चरम ऊर्जा संकट, दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ « Eglish Khabarhub

भारतमा चरम ऊर्जा संकट, दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ


१६ बैशाख २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । भारतको कूल जडित क्षमता ४ लाख मेगावाट बराबर छ । तर, विभिन्न राज्यहरुमा दैनिक १० घण्टाभन्दा बिजुली कटौती भइरहेको छ । गर्मी लगातार उकालो लागिरहेको बेला बिजुली कटौती भएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

रुस र युक्रेनका कारण अन्तर्राष्ट्रिय बजारमा कोइला सहजरुपमा आपूर्ति हुन सकेको छैन । भारतको कोल इण्डिया लिमिटेडले सहजरुपमा कोइला उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ ।

भारतको आन्तरिक उत्पादनसमेत प्रभावकारी बन्न सकेको छैन । सोही कारण विभिन्न राज्यमा लगातार बिजुली कटौती भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको राजधानी नयाँ दिल्ली पनि उत्तिकै प्रभावित भएको छ । खासगरी १६ राज्यमा सबैभनदा बढी बिजुलीको संकट देखिएको छ ।

उत्तर प्रदेशका गाँउहरुमा दिनभर मात्रै ४ देखि ६ घण्टा बिजुली उपलब्ध छ । शहरी क्षेत्रमा मात्रै ४ घण्टामात्रै बिजुली आइरहेको त्यहाँको सरकारी एजेन्सीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा ३ हजार मेगावाट बिजुली कमी भएको छ । मागअनुसार कुनै पनि ऊर्जा एजेन्सीले बिजुली दिन सकेको छैन ।

राजस्थानको हालत उस्तै छ । सो राज्यमा बिजुलीको माग ३१ प्रतिशतले बृद्धि भएको छ । तर, दैनिक ७ घण्टा भन्दा बिजुली काटिएको छ ।

पञ्जाबमा पनि अवस्था भयावह बनेको छ । सो राज्यमा थप ८ हजार मेगावाट बिजुली माग भएको छ । बिहारमा २-२ घण्टाको दरमा बिजुली काटिएको छ । ग्रामीण क्षेत्रमा १० घण्टाभन्दा बढी लोडसेडिङ गरिएको छ । हिमालञ्चल प्रदेशमा ६ घण्टा भन्दा बढी बिजुली काटिएको छ ।

गर्मी बढ्दै जाँदा भारतभरका एक चौथाईभन्दा बढी ऊर्जा उत्पादन केन्द्रहरु बन्द भएका छन् । देशभर नै लगातार १० हजारदेखि २८ हजार मेगावाटसम्म बिजुली कटौती भइरहेको छ ।

भारतका विभिन्न राज्यमा कही कम वा कही बढी होला, तर समस्या एउटै छ । कोइलाको अभावका कारण संकट बढेपछि कुनै पनि उपाय भारत सरकार र त्यसका एजेन्सीहरुमा देखिएको छैन ।

उत्तर प्रदेशमा मात्रै २३ हजार मेगावाट बराबरको बिजुलीको माग छ । तर, नियमित रुपमा १८ देखि २० हजार मेगावाट मात्रै बिजुली दिन सकेको छैन । पावर प्लान्टहरुले कोइलाको मौज्दात सकिएको भन्दै बिजुली उत्पादन थप कटौती हुने चेतावनी दिएको छ । ५० प्रतिशत भन्दा बढी पावर प्लान्टहरु कोइलाको अभावकै कारण बन्द भउका छन् ।

भारतको कूल जडित क्षमता ४ लाख मेगावाट भएपनि त्यसमा १ लाख १० हजार मेगावाट वैकल्पिक ऊर्जाका स्रोतमार्फत् उपलब्ध भइरहेको छ । दिनभर सौर्य प्रणालीले बिजुली दिएपनि साँझ परेपछि ती सबै प्रणाली बन्द हुनेछन् । वायु ऊर्जा प्रणालीबाट उत्पादन हुने बिजुलीको मात्रामा समेत गिरावट आएको छ ।

कूल २ लाख ८९ मेगावाट बिजुलीमध्ये ७२ हजार ७४ मेगावाट क्षमताको पावर प्लान्टले बिजुली उत्पादन बन्द गरेका छन् । प्रणालीमा १० हजार मगावाट बराबरको बिजुली कम भएपछि नियमितरुपमा नै लोडसेडिङको तालिका सार्वजनिक भएको उत्तर प्रदेश सरकारले जनाएको छ । देशभर रहेक कूल १७३ पावर प्लान्टमध्ये १०६ वटा प्लान्टमा कोइलाको मौज्दात शुन्यदेखि २५ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ ।

दैनिक १६ लाख ४० हजार टन कोइला आपूर्ति भइरहेको भएपनि माग २२ लाख टन बराबर छ । थमृन प्लान्टको साथमा २ करोड २० लाख टन कोइला मौज्दात रहेको केन्द्रीय कोइला तथा खनिज मन्त्री प्रल्हाद जोशीले बताएपनि पावर प्लान्टहरु तयसलाई मान्न तयार छैनन् ।

दिल्ली राज्य सरकारका मन्त्री सत्येन्द्र जैनले दिल्लीमा गहिरो ऊर्जा संकट देखिएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने- ‘विद्युत उत्पादन भैरहेको छ भने निरन्तरता दिने हो । यसमा कुनै समस्या हुनेछैन । तर, यदि पावर प्लान्ट बन्द भएमा यो दिल्लीका लागि निश्चितरूपमा समस्या हुनेछ ।

सत्येन्द्र जैनले देशमा कोइलाको अभाव भएको भन्दै २१ दिनको कोइला ब्याकअप गर्नुपर्ने तर धेरै विद्युत् केन्द्रमा एक दिनमात्रै कोइला बाँकी रहेको दाबी गरेका छन् ।

दिल्लीका ऊर्जा मन्त्री जैनले यसअघि बिहीबार र शुक्रबार स्थितिको सही आकलन गर्न आपतकालीन बैठक गरेका थिए । सोही मूल्यांकनका आधारमा देशको राजधानीमा विद्युत् उपलब्ध गराउने विद्युत् केन्द्रहरू कुनै अवरोधविना चलिरहनका लागि केन्द्रलाई कोइला आपूर्ति गर्न अनुरोध गरिएको भएपनि त्यसमा राजनीति घुसेको छ । अरविन्द केजरीवालको सरकारलाई अप्ठ्यारो पार्न भारतीय जनता पार्टीले आवश्यकतासँग खेल्न खोजेको देखिन्छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यो समस्यालाई लिएर ट्वीट गरेका छन् । दैनिक भास्करको कटिङ पोष्ट गर्दै उनले लेखेका छन- ‘देशभर विद्युतको ठूलो समस्या छ । अहिले सम्म दिल्लीमा कुनै न कुनै तरिकाले व्यवस्थापन गरिएको छ । सम्पूर्ण भारतको अवस्था निकै गम्भीर छ । हामी सबै मिलेर यसको समाधान छिट्टै खोज्नुपर्छ । यस समस्यालाई सम्बोधन गर्न तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।’

तर, बिजुलीको समस्या दिल्ली मात्रै होइन । दिल्ली बाहेक देशका धेरै भागमा बिजुलीको चरम अभाव भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

राजस्थानका मुख्यमन्त्रीले पनि ट्वीटरमा लेखेका छन् । उनले लेखेका छन्- ‘देशका १६ राज्यमा बढ्दो गर्मीका कारण विद्युतको माग बढेको र कोइलाको आपूर्ति नहुँदा आवश्यकताअनुसार विद्युत आपूर्ति हुन सकेको छैन । यो राष्ट्रिय संकट हो ।’

यो संकटमा सबै एकजुट भएर परिस्थिति सुधार्न सरकारलाई साथ दिन म आग्रह गर्दछु । आफ्नो घर वा कार्यस्थलमा गैरआवश्यक विद्युतीय उपकरणहरू बन्द गर्नुहोस् । आफ्नो प्राथमिकता तय गर्नुहोस् र आफ्नो आवश्यकता अनुसार बिजुली प्रयोग गर्नुहोस् ।

केन्द्र सरकारमाथि प्रश्न उठाउँदै उनले भनेका छन् कि के भाजपाको दिशाहीन नेतृत्वले माग अनुसारको कोइला उपलब्ध गराउन नसकेका कारण १६ राज्यमा विद्युत् कटौती भएको भन्ने प्रश्न केन्द्र सरकारलाई सोध्ने ? कि अरुलाई ।

राजस्थानबाहेक बिहारमा पनि बिजुली संकट उत्पन्न भएको छ । बिहारले नेपाल विद्युत् प्राधिकरणलाई यसअघि नै दिउँसो समेत बिजुली दिन नसक्ने बताइसकेको छ ।

बिहारका ऊर्जा मन्त्री बिजेन्द्रप्रसाद यादवले राज्यमा करिब एक हजार मेगावाट बिजुलीको अभाव रहेको तर एक-दुई दिनमा यो समस्या समाधान हुने दावी गरेका छन् । यस विषयमा केन्द्र सरकारसँग वार्ता भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ००:००  ३ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping