![](https://internal.appharu.com/wp-content/uploads/2020/06/Airlines-Airport-24-1.jpg)
काठमाडौं । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै गृहमन्त्रालयले हेलिकोप्टर व्यवसायीहरुलाई हेलिकोप्टर स्ट्यान्ड बाइ राख्न अनुरोध गरेको छ ।
बुधबार गृहमन्त्रालयमा बोलाएर आजदेखि एक साताका लागि हेलिकोप्टर स्ट्यान्ड बाइ राख्नका लागि अनुरोध गरेको हो ।
निर्वाचनका क्रममा कुने विशेष कामले उडान गर्नु परेमा हेलिकोप्टर सहज हुने भएकाले तयारी अवस्थामा राख्न र सकेसम्म अन्य बुकिङ नलिन आग्रह गरेको हो ।
हाल विभिन्न कम्पनीमा ३२ वटा हेलिकोप्टर छन् । जसमध्ये २५ वटा हेलिकोप्टर हाल सञ्चालनमा छन् । साथै, नेपाली सेनाका २ वटा हेलिकोप्टर समेत छन् ।
‘निर्वाचनको समयमा कुनै घटना घट्यो वा अकस्मात केही काम परिहाल्यो भने हेलिकोप्टर आवश्यक हुन्छ, त्यसैले तयारी अवस्थामा रहनु भनिएको हो,’ श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
SHARE YOUR THOUGHTS