![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । स्थानीय तहको निर्वाचनको अघिल्लो दिन सेयर बजारले लगानीकर्तालाई निरास बनाएको छ ।
साताको सुरुदेखि नै बढेको बजार अन्तिम दिन बिहीबार भने दोहोरो अंकले घटेको छ । निर्वाचनको अघिल्लो दिन बजार दोहोरो अंकले घट्दा लगानीकर्तामा निरासा छाएको छ ।
बजारमा १८.६४ अंकको गिरावट आउँदा परिसूचक २३५०.४२ बिन्दुमा रोकिएको छ । २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता सेयर २ अर्ब ३२ करोड लाख ३४ हजार २७३ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक १.७३, विकास बैंक ८९.०२, जलविद्युत ५३.७२, वित्त कम्पनी ९.९, निर्जीबन बीमा ८३.३८, उत्पादन तथा प्रशोधन ८०.३८, माइक्रोफाइनान्स ७४.५७, जीवन बीमा समूहको उपसूचक २५७.१४ बिन्दुमा रोकिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/05/image-22.png)
SHARE YOUR THOUGHTS