![](https://internal.appharu.com/wp-content/uploads/2018/11/Election-commection-nepal.jpg)
काठमाडौं । १४ जिल्लाको ४४ वटा मतदान केन्द्रमा चुनाव स्थगित भएको छ ।
निर्वाचन आयोगले अधिकांश स्थानमा शान्तिसँग निर्वाचन भएपनि केही स्थानमा असहज स्थिती देखिएको जनाएको छ ।
निर्वाचन आयोगले देशभरका ४ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् १४ जिल्लाको १८ पालिकाअन्तर्गत २८ मतदानस्थलको ४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
स्थगित भएका स्थानमा पछि यो साताभित्र नै निर्वाचन गर्ने तयारी आयोगको छ ।
SHARE YOUR THOUGHTS