
काठमाडौं । काठमाडौं महानगरको चुनावी मतपरिणाम गणना भइरहेको छ । प्रारम्भिक नतिजामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह उर्फ बालेन शाह अगाडि देखिएका छन् ।
अहिले काठमाडौं महानगरका वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १ मा तीन वटै प्रतिष्पर्धी बालेन शाह, कांग्रेसकि सिर्जना सिंह र एमालेका केशव स्थापितबीच चर्को प्रतिष्पर्धा देखिए पनि ३२ नम्बरा वडाको १०३ मत गन्दा हालसम्म बालेनले ५४ मत प्राप्त गरेका छन् । साथै, सिर्जना सिंहले १७ र केशव स्थापितले १२ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३ मत प्राप्त गर्दा ३ मत बदर भएको छ ।
शुरुवाती चरणमा अग्रस्थानमा रहेका बालेनले क्लिकमाण्डूसँगलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘महानगरको कोर सिटीमा दोस्रो स्थानमा हुन्छौं भने ३२ नम्बर वडामा निकै राम्रो मतका साथ पहिलो स्थानमा हुन्छौं ।’
विभिन्न एक्जिट पोलले महानगरमा बालेनले जित्ने सम्भावना भएको प्रक्षेपण गरिसकेका छन् । अहिले मतगणना भइरहेको राष्ट्रिय सभागृहबाहिर ठूलो संख्यामा बालेनका समर्थकहरु रहेका छन् । उनीहरुले बालेनका पक्षमा नाराबाजी गर्न शुरु गरिसकेका छन् ।
SHARE YOUR THOUGHTS