मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राति ११ बजेसम्मको अपडेटः एमालेभन्दा कांग्रेसले ३५ बढी पालिका प्रमुख जित्यो, २२१ स्थानमा अगाडि, कुन पार्टीको के छ अवस्था ?


काठमाडौं । सत्ताधारी पार्टी नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ । माओवादी, एकीकृत समाजवादी, जसपा लगायतसँग गठबन्धन गरेको कांग्रेस ३० वर्षपछि स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्मको नतिजा अनुसार ९५ स्थानीय तहको प्रमुखमा कांग्रेसले जितेको छ भने २२१ स्थानीय तहको प्रमुखमा लिड गरेको छ । त्यसैगरी, ९६ उपप्रमुख जितेको छ भने १८१ उपप्रमुखमा कांग्रेसले लिड गरेको छ । यो आधारमा कांग्रेसले ३०० भन्दा बढी ९४० प्रतिशतभन्दा बढी० स्थानीय तहका प्रमुखमा कांग्रेसले जित्ने निश्चित भएको छ । २०७४ सालको स्थानीयन निर्वाचनमा कांग्रेसले २६६ स्थानीय तहको प्रमुख जितेको थियो । जुन ७५३ स्थानीय तहको जम्मा ३५ प्रतिशत हो ।

त्यसैगरी, स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोस्रो राजनीतिक दल बन्ने भएको छ । अहिलेसम्म एमालेले ६० प्रमुख र ५७ उपप्रमुख जितेको छ । त्यसैगरी, १२२ प्रमुख र १५५ उपप्रमुखमा लिड गरेको छ । यस आधारमा एमालेले करीब २०० स्थानीय तह जित्ने देखिन्छ । २०७४ सालको चुनावमा २९४ स्थानमा प्रमुख जितेको थियो । जुन कुल स्थानीय तहको ३९ प्रतिशत हो । तर, यो निर्वाचनमा एमाले धेरै नै खुम्चिएको छ ।

अहिलेसम्मको परिणामअनुसार नेकपा माओवादी केन्द्रले ४५ प्रमुख र ४० उपप्रमुख जितेको छ । ७१ प्रमुख र ८८ उपप्रमुखमा लिड गरेको छ । यो आधारमा माओवादी १०० देखि ११० स्थानीय तहको प्रमुख जितेर फेरि पनि तेस्रो राजनीतिक दल बन्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा पनि माओवादी १०६ पालिका जितेको थियो । जुन कुल स्थानीय तहको १४ प्रतिशत हो ।

यो स्थानीय तहको निर्वाचनले माधव नेपालको नेपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी चौथो वा पाँचौं शक्तिको रुपमा उदाउने देखिन्छ । अहिलेसम्म एकीकृत समाजवादीले ४ स्थानीय तहको प्रमुख जितिसकेको छ भने १६ स्थानको प्रमुखमा लिड गरिरहेको छ । त्यस्तै, ८ उपप्रमुख जितिसकेको छ भने १५ उपप्रमुखमा लिड गरिरहेको छ ।

डा। बाब’राम भट्टराईको जनता समाजवादी पार्टीले अहिलेसम्म एउटा पनि स्थानीय तहको प्रमुख जितेको छ भने २ उपप्रम’ख जितेको छ । तर, उसले २८ प्रमुखमा लिड गरिरहेको छ भने २६ स्थानमा उपप्रमुखको लिड गरिरहेको छ ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म एक स्थानीय तह जित्न सकेको छैन । तर, उसले ११ प्रमुख र ९ उपप्रमुखमा लिड गरिरहेको छ ।