मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा रेनुले विजय सुवेदीलाई ६३ मतले पछि पारिन्, कांग्रेसका बागी पौडेलले २९ सय ३७ मत ल्याए


चितवन । भरतपुर महानगरपालिकाको मोयर पदका उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार बिजय सुवेदीलाई ६३ मतले पछि पारेकी छिन् । रेनु र बिजयमा घरी एउटाले त घरी अर्काले उछिनाउछिन गर्दै आएका छन् ।

अहिलेसम्मको मत परिणामअनुसार रेनुले ६ हजार १९ मत ल्याएकी छन् भने बिजयले ५९ सय ५६ मत ल्याएका छन् । बिजयको भन्दा रेनुको ६३ मत बढी हो ।

त्यसैगरी, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २९ सय ३७ मत ल्याएका छन् ।