![](https://internal.appharu.com/wp-content/uploads/2022/05/kathmandu-exit-pole-768x344.png)
काठमाडौं । काठमाडौं महानगरका ८ वटा वडाको मतगणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरिरहेका बेला कोर एरिया मानिने वडाको मतगणना गर्दा बालेन साह दोस्रो स्थानमा परेका छन् ।
कोर एरिया मानिने डिल्लीबजारको मतगणनाको शुरुवातमा कांग्रेस उम्मेदवार सिर्जना सिंह सबैभन्दा अगाडि देखिएकी छन् । कुल १ सय मतगणना हुँदा सिंहले ३३ मत प्राप्त गरेकी छन् ।
दोस्रो स्थानमा बालेन साह छन् । उनले ३२ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले १० मत मात्रै प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS