![](https://internal.appharu.com/wp-content/uploads/2022/05/bharatpur-1-768x373.png)
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रकि रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि पारेकी छन् ।
बुधबार विहानसम्मको मतगणनामा दाहालले ९ हजार ११ मत प्राप्त गर्दा सुवेदीले जम्मा ७ हजार ८९२ मत प्राप्त गरेका छन् । शुरुवाती मतगणानामा टक्कर देखिए पनि १ हजार ११९ मतले रेनुले सुवेदीलाई पछि पारेकी हुनु ।
त्यसैगरी भुँइकटहर चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ४ हजार ११२ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS