![](https://internal.appharu.com/wp-content/uploads/2022/05/devendra-karki.jpg)
काठमाडौं । जेठ महिनामा ४ जना सचिव पद रिक्त हुने भएको छ ।
ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की सहित नेपाल सरकारका ४ जना सचिवले अनिवार्य अवकास पाउने भएको हुँदा सचिव पद रिक्त हुने भएको छ ।
ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अवकास पाएका छन । उनले सचिवमा बढुवा भएको ५ वर्ष पुगेको हुँदा अवकास पाउन लागेका छन् ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव यामकुमारी खतिवडाले जेठ ७ गतेदेखि अवकास पाउनेछिन् ।
कृषि मन्त्रालयमा कार्यरत निरु दाहाल पाण्डे तथा लोकसेवा आयोगमा कार्यरत महेन्द्र गुरागाईँपनि जेठमा अवकास पाउने सचिवमा पर्छन् ।
सचिव अवकास हुने दुईवटा व्यवस्था छ । सचिवमा बढुवा भएको ५ वर्ष वा ५८ वर्ष उमेरमा जुन पहिला हुन्छ त्यही आधारमा सचिव अवकास हुने व्यवस्था छ ।
हरेक वर्षको साउन महिनामा निजामति किताब खानाले अवकासमा जाने कर्मचारीको सूचि सार्वजनिक गर्छ ।
SHARE YOUR THOUGHTS