![](https://internal.appharu.com/wp-content/uploads/2022/05/kathmandu-exit-pole-768x344.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार सिर्जना सिंह र केशव स्थापितबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
कांग्रेसकी उम्मेदवार सिंहले अहिलेसम्म २५ हजार ४ सय ३५ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार स्थापितले २४ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् । स्थापितभन्दा सिंहले ६०० मत बढी ल्याएकी छन् ।
मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाह निकै अगाडि छन् । अहिलेसम्मको मत परिणामअनुसार बालेनले ४३ हजार ८३ मत प्राप्त गरेकका छन् ।
बालेनले सिंहभन्दा १७ हजार ६ सय ४८ मत बढी ल्याएका छन् भने १८ हजार २ सय ४८ मत बढी ल्याएका छन् ।
SHARE YOUR THOUGHTS