मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने


आगामी दशकलाई ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौं । आगामी दशकलाई नेपाली उत्पादन र उपभोग प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन र उत्पादन बढाउन यो कार्यक्रम गर्न लागिएको बताइन ।

यस कार्यक्रमअन्र्तगत विभिन्न स्वदेशी उत्पादनहरुको चयन गरेर उनीहरुको उत्पादन र निर्यातको लागि सुविधा उपलब्ध गराइने उनले बताइन ।