![](https://internal.appharu.com/wp-content/uploads/2018/01/nepal_oil_corporation.jpg)
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
उद्योगमन्त्री दिलेन्द्र बडुका अनुसार अल्पकाली र दीर्घकालीन समस्या समधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिको सिफारिसमा इन्धनको मूल्य घटाउनेदेखि विकल्पहरुमा काम अगाडि बढाइने उनको भनाइ छ ।
‘उपभोक्तालाई राहत दिनका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएको छ,’ उनले भने, ‘साथै पेट्रोलियम पदार्थको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन विकल्प के हुनेछ भन्ने विषयमा अर्थमन्त्रालयले गृहकार्य गरिरहेको छ ।’
उनले यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उर्जा तथा सिँचाइ र उद्योग मन्त्रालयका सचिव तथा विज्ञसमेत रहने गरी उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
साथै, खाना पकाउने ग्याँसको उपभोग कम गर्नका लागि विद्युतको महसुलमा सहुलियत दिने र गरिबको रेखामु्नी रहेका र विद्यार्थीले विशेष राहत कार्यक्रम दिने प्रस्ताव समेत गरिएको उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS