![](https://internal.appharu.com/wp-content/uploads/2022/05/Espot-768x427.jpg)
काठमाडौं । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआएयू)ले नेपालमा क्षेत्रीय कार्यालय खोल्ने भएको छ ।
विश्वविद्यालयले नेपालमा रहेको ई–स्पट गु्रपसँगको मिलेर नेपालमा शाखा खोल्न लागेको हो । विश्वविद्यालयले सोमबारदेखि काठमाडौंमा सेवा शुरु गर्दैछ ।
नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रा.डा. उमा भारद्वाज र ई–स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्तरुपमा शाखाको उद्घाटन गर्नेछन् ।
विश्वविद्यालय युजीसी मान्यताप्राप्त विश्वविद्यालय हो । विश्वविद्यालय अन्तर्गत ७५ वटा क्याम्पसले दर्जन बढी शैक्षिक विभागबाट ५४ राष्ट्रका विद्यार्थीलाई शिक्षा दिँदै आएको छ ।
विश्वमा छुट्टै पहिचान बनाउन सफल यस विश्वविद्यालयका बारेमा अब ई–स्पट गु्रपबाट सबै खालका जानकारी लिनुका साथै भर्ना प्रक्रिया पनि अगाडि बढाउन सकिन्छ ।
यो ग्रुपले कन्सल्टेन्सीका रुपमा २३ वर्षदेखि सेवा दिँदै आएको भए पनि २०१६ देखि शिक्षा मन्त्रालयबाट स्वीकृती लिई परामर्श सेवा प्रदायक केन्द्रको काम गदै आएको छ ।
SHARE YOUR THOUGHTS