![](https://internal.appharu.com/wp-content/uploads/2022/05/subarna-Juharchan.png)
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण जुहारचनले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले भनिन्, ‘चेलीबेटीलाई बलात्कार गर्नेलाई सामान्य दण्ड दिएर पुग्दैन, मृत्युदण्ड नै दिनुपर्छ ।’
‘महिलाले न्याय पाउनुपर्छ । महिला दिनदहाडै लुटिएका छन् । घरभित्रैबाट असुरक्षित छन् । दाइजोका कारण मारिएका छन् । घरबाट विद्यालय हिँडेका चेलीहरु अपहरण र बलात्कारमा परेका छन्,’ उनले भनिन्, ‘संविधान लेख्ने समयमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई अरब देशमा जस्तै चेलीलाई आँखा लगाउने आँखा झिकिदिने, हात लगाउनेलाई हातै काटिदिने र मृत्युदण्डको व्यवस्था गर्न सुझाव दिएकी थिएँ ।’
उनले नीति तथा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ घण्टा बोलेर समय खेर फालेको बताइन् ।
उनले नागरिकता विधेयकका विषयमा समेत छिटोभन्दा छिटो समस्या समाधान गर्न माग गरिन् ।
SHARE YOUR THOUGHTS