
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीदल नेकपा एमालेलाई संसद चल्न दिएकोमा धन्यवाद दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रम देउवाले नेकपा एमालेलाई धन्यवाद दिएका हुन् ।
‘देउवाले प्रतिनिधि सभाको अवरोध हटाएर संसद नियमित रुपमा चल्न दिएकोमा धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘संविधान प्रदक्त अधिकार सबैले निर्वाद प्रयोग गर्ने वातावरण बनेको छ ।’
विगत ९ महिनादेखि एमालेले संसद अवरोध गरिरहेको थियो । अहिले उक्त अवरोधलाई हटाएर बैठक चल्न दिएको भन्दै देउवाले एमालेलाई धन्यवाद दिएका हुन् ।
SHARE YOUR THOUGHTS