
काठमाडौं । चालु आर्थिक वर्षमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या १३.७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा अन्त्यसम्ममा ४० लाख ६६ हजार १ सय ३१ करदाताले स्थायी लेखा नम्बर लिएका थिए ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ लाख ५८ हजार ३ सय ३० ले करदाता स्थायी लेखा नम्बर लिएका छन् । फागुन समान्तसम्ममा प्यान कार्ड लिने करदाताको संख्या ४६ लाख २४ हजार ४ सय ६१ पुगेको छ ।
यस्तै फागुनसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्या २३ हजार ३ सय ६२ ले बढको छ । हाल ३ लाख १४ हजार ७६ करदाता मूल्य अभिबृद्धि करमा दर्ता भएका छन् ।
SHARE YOUR THOUGHTS