
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले योगदानकर्ताले हालसम्म साढे ८९ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी पाएका छन् ।
अर्थमन्त्रालयका अनुसार चालु आवको फागुन मसान्तसम्ममा २४ हजार २१८ योगदानकर्ताले ८९ करोड ६१ लाख ९७ हजार १८४ दाबी भुक्तानी भएको छ ।
योगदानमा आधारिक सामाजिक सुरक्षाको योजना अनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभुत पारिश्रमिकको ३१ प्रतिशतमध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
चालु आवको गत फागुन मसान्तसम्म कोषमा ७ अर्ब ४९ करोड ५५ लाख ५२ हजार ७४४ रुपैयाँ संकलन भएको छ भने हालसम्म १४ अर्ब ३८ करोड २ लाख २१ हजार ४१५ रुपैयाँ संकलन भएको छ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध भएका रोजगारदाता तथा योगदानकर्ता सम्बन्धी विवरण

SHARE YOUR THOUGHTS